सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
७२ पटक हेरिएको
Shares
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’

सारांश

  • नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी अभियन्ता सुदन गुरुङसँग आफूमाथि अन्याय भएको  गुनासो गरेका छन् ।
  • आज कारागार भेट्न पुगेका  अभियन्ता गुरुङसँगको कुराकानीका क्रममा लामिछानेले राज्यले आफूमाथि प्रतिशोध साँधेको बताएका हुन् ।
  • भेटबारे जानकारी दिँदै गुरुङले भने, ‘उहाँले आफूमाथि अन्याय भएको र यसका विरुद्ध लड्नुपर्ने कुरा गर्नुभएको छ ।

१८ मंसिर, काठमाडौँ  ।

नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी अभियन्ता सुदन गुरुङसँग आफूमाथि अन्याय भएको  गुनासो गरेका छन् । आज कारागार भेट्न पुगेका  अभियन्ता गुरुङसँगको कुराकानीका क्रममा लामिछानेले राज्यले आफूमाथि प्रतिशोध साँधेको बताएका हुन् । भेटबारे जानकारी दिँदै गुरुङले भने, ‘उहाँले आफूमाथि अन्याय भएको र यसका विरुद्ध लड्नुपर्ने कुरा गर्नुभएको छ ।’  लामिछानेले अहिले चलिरहेको ‘जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको गुरुङले बताए ।

‘मुख्यतः दुई वटा कुरामा छलफल भयो, पहिलो जेनजी आन्दोलनमा रास्वपाको समर्थन र अर्को रवि लामिछाने विरुद्ध राज्यले प्रतिशोध साँधेको भन्ने विषयमा उहाँले भन्नुभयो’ गुरुङले भने । लामिछानेको भनाइ उद्धृत गर्दै गुरुङले भने– ‘हामी जेनजीको साथमा छौँ, उहाँहरूको माग र आन्दोलनमा हाम्रो पूर्ण समर्थन रहनेछ ।’ करिब एक घण्टा चलेको उक्त भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबिचको एकताका विषयमा समेत छलफल भएको उनले बताए । सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले आफूले भेट्न वातावरण मिलाएको भएता पनि सँगै नगएकोले भित्रको कुरा थाहा नभएको बताए ।   ‘भित्र त म गइनँ, भेट्ने वातावरण मिलाउन आग्रह भएपछि भेट भएको हो । साढे २ बजेदेखि भेट भएको थियो,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?