Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा

सारांश

  • सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।
  • गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
  • सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।

१८ जेठ, काठमाडौं ।

सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।

गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित नीजि सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै व्यवसायी रुष्ट छन् । प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको व्यवसायीको तर्क छ । ‘आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भइ हाम्रा सवारी साधन मिति २०८२/२/१९ गतेदेखि घर, ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको’, विज्ञप्तिमा उल्लेख छ । सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवाला पक्षलाई पर्न जाने असुविधाको जिम्मा पनि सरकारले लिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा चट्याङ लागेर १० जना घाइते
कैलालीमा चट्याङ लागेर १० जना घाइते
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै   
बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै   
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना