जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
५५ पटक हेरिएको
Shares
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही

सारांश

  • मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ।
  • मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
  • सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो।

४ भदौ जनकपुरधाम ।

मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो।
मुख्यमन्त्री सतिश कुमार सिंहलाई महोतरी स्थित विभिन्न संघ सस्थाका प्रतिनिधी र सरोकारवाला हरुले प्रादेशिक अस्पताल जलेश्वरमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्योहोरा दर्शाउँदै मंगलवार ज्ञापन पत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानवीन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

स्पष्टीकरण सोधिएकाहरुमाथी सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहिता पालना नगरेको तथा कार्य सम्पादनमा लापरबाही गरेको आरोप लागेको छ।
पत्रमा भनिएको छ, “३ दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउनेछ।”

प्रदेश निजामति सेवा ऐनको दफा ८६ को उपदफा १ को खण्ड घ अनुसार कर्मचारीले आचरण सम्बन्धी कुरा पालना नगरेमा वा उल्लघन गरेमा र खण्ड च अनुसार सेवा प्रवाहमा जानाजान लापरवाही वा ढिलासुस्तीका कारण सेवाग्राही लाई हानी नोक्सानी पुग्न गएको व्योहोरा प्रारम्भिक सोधपुछ र स्थलगत अनुगमनवाट देखिएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सेवाप्रवाहमा लापरवाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताए ।
पद अनुसार कार्यक्षमता नदेखाउने, सेवा प्रवाहमा लापरवाही गर्ने प्रदेश सरकार मातहतका कुनैपनि निकायमा कार्यरत कर्मचारीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल टेलिकम घोटाला प्रकरण : प्रबन्ध निर्देशक पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल टेलिकम घोटाला प्रकरण : प्रबन्ध निर्देशक पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ
रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली