काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु

सारांश

  • फर्निचर उद्योगमा लागेको आगोमा परेर शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीय टिकादेवि दंगाललको मृत्यु भएको छ ।
  • काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागि हुदाँ उद्योगमा बस्दै आएकी दंगाललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
  • सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन् ।

१२ माघ, काठमाडौं ।

फर्निचर उद्योगमा लागेको आगोमा परेर शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीय टिकादेवि दंगाललको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागि हुदाँ उद्योगमा बस्दै आएकी दंगाललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन् ।

फर्निचर उद्योगबाट शुरु भएको आगो फैलदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामा समेत क्षति भएको छ । आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्मामा अन्दाजी ८ लाख बराबरको घर, खाद्यान, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ९ बजे सुरु भएको आगो नियन्त्रणको लागि ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, कालिजंग गण धुलिखेलबाट पर्शुराम शाक्यको कमान्डसहितको टोली सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब पौने २ बजे नियन्त्रणमा लिइएको थियो ।  घाइतेको उपचार र मृतको पोष्टमार्टम धुलिखेल अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
इनिशा ह*त्या प्रकरण : आइतबार अदालत पेस गरिने
इनिशा ह*त्या प्रकरण : आइतबार अदालत पेस गरिने
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा
कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु