Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग

सारांश

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
  • कोईरीविरुद्ध ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ विगो, सजाय र जरिवाना माग दावी गरेको छ।

२६ जेठ, काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

कोईरीविरुद्ध ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ विगो, सजाय र जरिवाना माग दावी गरेको छ।अनुसन्धानका क्रममा महानगरमा सार्वजनिक पद धारण गरेको मिति २०४६/०/१९ देखि २०७८/११/३० गतेसम्मको जाँच अवधिमा उनको सम्पत्ति छानबिन गरेको थियो। छानबिनका क्रममा आयको तुलनामा व्यय अमिल्दो देखिएको,मनासिब कारणबिना अमिल्लो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको दावी छ।

आयोगका अनुसार पदमा रहँदा बखतमा आर्जन गरेको  ४ करोड ५८ लाख  ९७ हजार ४०३ रुपैयाँको स्रोत पुष्टि गर्न सकेनन्। आफूले आर्जन गरेको सम्पत्तिको स्रोत पनि खुलाउन नसकेपछि कसूरजन्य कार्य गरेको ठहर गर्दै उनीविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ। गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट उनको श्रीमती माला कुमारी महतोको नाममा रहेको जग्गा खरिद,सेयर खरिद,घर निर्माण । बैंक मौज्दात समेतको सम्पत्ति भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ बमोजिम जफत गर्न समेत माग गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै
चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने
लागु औषधसहित १७ जना पक्राउ
लागु औषधसहित १७ जना पक्राउ
कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय