भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
१०१९ पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ ।
  • भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
  • सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो ।

२१ जेठ, काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो । सो भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए । प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएका थिए । भ्रमण दलमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भएमा नेपालबाट प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निम्तो जानेछ । त्यसको बारेमा सभापति लामिछाने नेपाल फर्केपछि छलफल हुनसक्ने उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएलगतै भारतका प्रधानमन्त्री मोदीले भ्रमणका लागि निम्तो दिएका थिए । पछि नेपालस्थित भारतीय दूतावासमार्फत पठाएको बधाई सन्देशमा पनि भारत भ्रमणको निम्तो दिएका थिए । सो निम्तोलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका थिए । भ्रमणको आन्तरिक तयारी पनि दुवैतिर सुरु भइसकेको थियो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री औपचारिक निमन्त्रणा लिएर नेपाल आउन चाहेका थिए तर प्रधानमन्त्री बालेनले नभेट्ने भनेपछि उनी आएनन् । प्रधानमन्त्री बालेन एक वर्ष कुनै पनि देशको भ्रमण नगर्ने भनी उनकै पार्टीका पदाधिकारीहरूले स्पष्ट गरेपछि हाल उनको भारत भ्रमण नहुने देखिएको छ । यस अवस्थामा प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने कि नआउने त्यो पनि सोचनीय विषय रहेको जानकारहरू बताउँछन् ।

नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो विदेश भ्रमण भारतको हुने परम्परा जस्तै थियो । तर बिचमा केही प्रधानमन्त्रीहरूले त्यो परम्परालाई तोडेका थिए ।  भारतका प्रधानमन्त्री मोदीले हालसम्म नेपालको चार पटक भ्रमण गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा सन् २०१४ मा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले सांसदलाई पनि सम्बोधन गरेका थिए ।  त्यसपछि उनी सन् २०१४ मै सार्क सम्मेलनमा भाग लिन नेपाल आएका थिए । त्यसबेला पनि उनी उच्च स्तरीय भेटघाट गरेका थिए । त्यसपछि सन् २०१८ मा जनकपुरको भ्रमणमा नेपाल आएका थिए ।  चौथो भ्रमण उनले सन् २०२२ मा लुम्बिनीको एक दिन भ्रमणका लागि आएका थिए । त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्केका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...