इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

सारांश

  • इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ ।
  • समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।
  • इराकको सुरक्षा स्रोतले एएफपीसँग पछिल्ला केही दिनदेखि भइरहेका आक्रमणमध्ये पछिल्लो आक्रमण सबैभन्दा भीषण आक्रमण भएको बताएको बीबीसीमा समाचार छ ।

३ चैत, काठमाडौं ।

इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो । इराकको सुरक्षा स्रोतले एएफपीसँग पछिल्ला केही दिनदेखि भइरहेका आक्रमणमध्ये पछिल्लो आक्रमण सबैभन्दा भीषण आक्रमण भएको बताएको बीबीसीमा समाचार छ ।

आक्रमणभन्दा झण्डै छ घण्टा अघि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको थियो । सुरक्षा अलर्टमा भनिएको थियो, ‘इरानसँग जोडिएका आतंकवादी मिलिशियाले पटक–पटक मध्य बगदादको इन्टरनेशनल जोनमा आक्रमण गरिसकेका छन् ।’ समाचारमा आक्रमणबाट भएको क्षतिबारे केही खुलाइएको छैन । यसअघि गत साता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
कहिले सुधार होला मौसम ?
कहिले सुधार होला मौसम ?
हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।
हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ
नेप्सेसँगै घट्यो कारोबार रकम
नेप्सेसँगै घट्यो कारोबार रकम