राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ११, २०८२
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान जारी

सारांश

  • राष्ट्रिय सभामा रिक्त रहेको १७ सदस्यको पदका लागि मतदान भइरहेको छ ।
  • मधेश प्रदेशको राजधानी जनकपुरधाममा विहान ९ बजेदेखि मतदान जारी रहेको छ ।
  • मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेका छन् भने ३६४ जना मतदाता रहेका छन् ।

११ माघ, जनकपुर ।

राष्ट्रिय सभामा रिक्त रहेको १७ सदस्यको पदका लागि मतदान भइरहेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा विहान ९ बजेदेखि मतदान जारी रहेको छ । मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेका छन् भने ३६४ जना मतदाता रहेका छन् । ३६४ जना मतदातामध्ये १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् । आइतबार भइरहेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस—एमाले—जसपा नेपाल गठबन्धनमा छन भने नेकपाले एक्लै चारवटै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेको छ ।

जसपा नेपालको समर्थनमा लोसपाबाट अन्यमा सर्लाहीका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्ण, दलिततर्फ रौतहटका धर्मेन्द्र पासवान, महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवार दिएकी छन् । त्यस्तै नेकपाबाट अल्पसंख्याकतर्फ रौतहटका रामानन्द प्रसाद, अन्यतर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलिततर्फ सर्लाहीका शम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको छ । जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाए पनि उनीहरूको नाम मतपत्रमा भने कायम छ । जसपा नेपालबाट अल्पसंख्यकबाट शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली दासको उम्मेदवारी निष्क्रिय भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै
लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै
तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई
फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई