कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।
  • पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठक २६ गते बोलाइएको जानकारी दिएका हुन्।
  • बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।

१२ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठक २६ गते बोलाइएको जानकारी दिएका हुन्। बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।

कांग्रेसभित्र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्। असोज ३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमै महामन्त्री थापाले पार्टीको नियमित महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै गर्न सकिने बताएका थिए। भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि कांग्रेसले पहिलो पटक पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?