जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
३६ पटक हेरिएको
Shares
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन्  ।
  • उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए ।
  • गृहमन्त्री अर्यालले भने, ‘अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा व्यापक रूपमा क्षति पुगेको छ ।

२ असोज, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन्  । उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए ।

गृहमन्त्री अर्यालले भने, ‘अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा व्यापक रूपमा क्षति पुगेको छ । निजी क्षेत्रहरूमा पनि सम्पत्तिहरू नष्ट गरिएको छ । निर्वाचन आयोगका केही कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन् । नेपाल सरकारले ती कार्यालयहरू पुनः सञ्चालनमा ल्याउने कार्य गरिरहेको छ ।’ साथै उनले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा पनि विशेष जोड दिए ।

‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने माग अहिले धेरै ठूलो अपेक्षा बनेको छ,’उनले भने, ‘सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ । अब यसलाई सम्भव बनाउनैपर्छ । प्राविधिक कठिनाइ भएपनि जहाँबाट सकिन्छ, यो व्यवस्था लागू गर्नु आवश्यक छ ।’ गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागीमूलक बनाउन सबै पक्षलाई समेट्ने प्रयास आवश्यक रहेको भन्दै निर्वाचन आयोगसँग सहकार्यमा रहन सरकार तयार रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा