प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १६, २०८३
|
|
४१० पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

सारांश

  • सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् ।
  • आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो ।
  •  प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

१६ भदौ, काठमाडौं ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् । उनले भने, ‘महाविपत् पछाडि अनिश्चितकालका लागि स्थगित सदनलाई सुचारु गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । बैठकले १८ गते, २२ गते र १७ गते कुन दिन उपयुक्त हुन्छ भनेर एउटा प्रस्ताव गरेको थियो । जसमा १७ गते सभामुखकै तर्फबाट राष्ट्रिय विपद् बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने र सदनलाई चाँही सुचारु गर्ने त्यसपछाडि १८ गते अर्को बैठक बस्ने त्यसपछाडि तीन दिन सार्वजनिक बिदा छ ।

त्यसपछि २२ गतेबाट सुरु गर्ने । सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ २३ गतेदेखि सुरु हुनेछ ।’ उनका अनुसार विशेष प्रस्तावमाथि संसदमा प्रतिनिधित्व गर्ने ६ दलका नेताहरूलाई महाविपत्तिकेन्द्रित विषयमा धारणा राख्न दिने सहमति भएको छ । विशेष प्रस्तावमा प्रस्तावक र समर्थक रहने व्यवस्था भने गरिएको छैन । प्रतिनिधिसभाको बैठक भदौ १७ र १८ गते दुई दिन सञ्चालन हुनेछ । त्यसपछि तीन दिन सार्वजनिक बिदा रहेकाले संसद् बैठक भदौ २२ गतेदेखि पुनः सञ्चालन हुने बताइएको छ । सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ २३ गतेदेखि सुरु हुने जानकारी परियारले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै
माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै
एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा
एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा
जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो :गृहमन्त्री अर्याल
जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो :गृहमन्त्री अर्याल
मकवानपुरमा ग्यास बुलेट दुर्घटना
मकवानपुरमा ग्यास बुलेट दुर्घटना
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...