प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १६, २०८३
|
|
३५२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

सारांश

  • सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् ।
  • आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो ।
  •  प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

१६ भदौ, काठमाडौं ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् । उनले भने, ‘महाविपत् पछाडि अनिश्चितकालका लागि स्थगित सदनलाई सुचारु गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । बैठकले १८ गते, २२ गते र १७ गते कुन दिन उपयुक्त हुन्छ भनेर एउटा प्रस्ताव गरेको थियो । जसमा १७ गते सभामुखकै तर्फबाट राष्ट्रिय विपद् बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने र सदनलाई चाँही सुचारु गर्ने त्यसपछाडि १८ गते अर्को बैठक बस्ने त्यसपछाडि तीन दिन सार्वजनिक बिदा छ ।

त्यसपछि २२ गतेबाट सुरु गर्ने । सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ २३ गतेदेखि सुरु हुनेछ ।’ उनका अनुसार विशेष प्रस्तावमाथि संसदमा प्रतिनिधित्व गर्ने ६ दलका नेताहरूलाई महाविपत्तिकेन्द्रित विषयमा धारणा राख्न दिने सहमति भएको छ । विशेष प्रस्तावमा प्रस्तावक र समर्थक रहने व्यवस्था भने गरिएको छैन । प्रतिनिधिसभाको बैठक भदौ १७ र १८ गते दुई दिन सञ्चालन हुनेछ । त्यसपछि तीन दिन सार्वजनिक बिदा रहेकाले संसद् बैठक भदौ २२ गतेदेखि पुनः सञ्चालन हुने बताइएको छ । सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ २३ गतेदेखि सुरु हुने जानकारी परियारले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने एक व्यक्ति पक्राउ
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने एक व्यक्ति पक्राउ
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति