टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै

सारांश

  • नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० क्रिकेट त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नामिबियाको सामना गर्दैछ ।
  • खेल बिहान ११ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।
  • नेपालले यसै वर्षको जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरूवातस्वरुप यो श्रृंखलालाई खेल्न लागेको हो ।

१५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० क्रिकेट त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नामिबियाको सामना गर्दैछ ।

खेल बिहान ११ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरूवातस्वरुप यो श्रृंखलालाई खेल्न लागेको हो । त्रिकोणात्मक श्रृंखलामा नेदरल्यान्ड्स पनि समावेश छ । नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० श्रृंखलामा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले आइतवार साँझ त्रिकोणात्मक टी– २० श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको थियो । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिएको हो । क्यानले विश्वकप लिग–२ खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरेको थियो । नेपाल ‘ए’ टीमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जीसी, रासिद खान र सागर ढकाल गरी ६ खेलाडी टोलीमा समावेश भएका छन् ।

नेपाल ‘ए’ले हालै क्यानडासँग सिरिज खेलेको थियो । ३ मध्ये १ खेल जितेको थियो । यस्तै पीएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका थिए । तर लिग– २ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ भने बाहिरिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?