१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

सारांश

  •   सशस्त्र प्रहरी बल नेपालले १० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।
  •   बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट आइतबार सशस्त्र प्रहरीले करिब १० लाख ८ हजार रूपैयाँ बराबरको लत्ताकपडासहित उक्त गाडी नियन्त्रणमा लिएको हो ।
  • बा प्र ०१–०२७ च ८५०३ नम्बरको टाटा  पिकअप गाडीमा वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जीतपुरसिमरातर्फ २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले भन्सार छलीको कपडा र गाडी  नियन्त्रणमा लिएको हो ।

२४ चैत, काठमाडौं । 

सशस्त्र प्रहरी बल नेपालले १० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट आइतबार सशस्त्र प्रहरीले करिब १० लाख ८ हजार रूपैयाँ

बराबरको लत्ताकपडासहित उक्त गाडी नियन्त्रणमा लिएको हो ।बा प्र ०१–०२७ च ८५०३ नम्बरको टाटा  पिकअप गाडीमा वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जीतपुरसिमरातर्फ २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले भन्सार छलीको कपडा र गाडी  नियन्त्रणमा लिएको हो ।

गाडीलाई पिछा गर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी  र पिकअप गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बरामद गाडीको भन्सार दाखिला मूल्य २५ लाख र लत्ताकपडाको मूल्य १० लाख ८ हजारसहित जम्मा भन्सार दाखिला मूल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा शिक्षक भीरमा मृत फेला
बझाङमा शिक्षक भीरमा मृत फेला
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
आजको यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सौर्य विमान दुर्घटना: पाँच शव परिवारले बुझे
सौर्य विमान दुर्घटना: पाँच शव परिवारले बुझे
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
१४ किलो चाँदीसहित २ जना पक्राउ
१४ किलो चाँदीसहित २ जना पक्राउ
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा