सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
५९ पटक हेरिएको
Shares
संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सारांश

  • आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा प्रस्तुत हुँदैछ ।
  • संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ ।
  • सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

 

१९ वैशाख, काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा प्रस्तुत हुँदैछ । संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । त्यसअघि सभामुख देवराज घिमिरेले दिउँसो २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यहरुलाई आसनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरेका छन् ।

यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ । संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । त्यसपछि नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद् बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु
आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह