Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट

सारांश

  • आफूलाई प्रहरीको रुपमा चिनाउँदै काठमाडौंको एक होटलमा डकैती गर्ने गिरोहका ८ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई शनिबार काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीको होटल मेन्सबाट पक्राउ गरेको हो।
  • प्रहरीका अनुसार पक्राउ परेकाहरूले उक्त होटलको कोठा नम्बर ४०२ मा प्रवेश गरी ‘प्रहरी हुँ’ भन्दै पीडितलाई बोलेको खण्डमा ज्यान लिने धम्की दिएका थिए।

 

२८ वैशाख, काठमाडौं ।

आफूलाई प्रहरीको रुपमा चिनाउँदै काठमाडौंको एक होटलमा डकैती गर्ने गिरोहका ८ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई शनिबार काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीको होटल मेन्सबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले उक्त होटलको कोठा नम्बर ४०२ मा प्रवेश गरी ‘प्रहरी हुँ’ भन्दै पीडितलाई बोलेको खण्डमा ज्यान लिने धम्की दिएका थिए।

उनीहरूले बैंक खाताबाट पैसा ट्रान्सफर गराउन बाध्य पार्नुका साथै नगद रकम समेत लुटपाट गर्ने गरेका थिए। यसरी धम्की दिँदै बैंक तथा ई–सेवा मार्फत रकम ट्रान्सफर गर्न लगाई तथा नगद गरी जम्मा ३ लाख ६३ हजार रुपैयाँ बराबरको डकैती भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेमा नवलपरासी गैडाकोट–२ का २४ वर्षीय अनिष के.सी, चितवन भरतपुर–१८ का २५ वर्षीय अतित क्षेत्री, भरतपुर–११ का २४ वर्षीय सन्दीप बि.क., नवलपुर दिपचुली–१६ का २३ वर्षीय सन्दीप परियार, गैंडाकोट–११ का २५ वर्षीय विवेक मल्ल ठकुरी (उर्फ दिप्सन), भरतपुर–१० का २२ वर्षीय बादल तामाङ, लमजुङ उदिपुरकी १९ वर्षीया सक्रिया खनिया र धरान उपमहानगरपालिका–१७ की २४ वर्षीया कविता राई रहेका छन्।

उनीहरू सबै हाल काठमाडौंको ठमेल, टोखा र कपन क्षेत्र आसपास बस्दै आएको पाइएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न कम्पनीका ९ थान मोबाइल फोन, रोयल इनफिल्ड कम्पनीको बा.प्र.०२–०५३ प. ९८७८ नम्बरको मोटरसाइकल र नगद ५२ हजार रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका अभियुक्तहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह