हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २३, २०८१
|
|
७१ पटक हेरिएको
Shares
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित

सारांश

  • बागमती प्रदेशको सदरमुकाम हेटौंडाको बजार क्षेत्र डुबानमा परेसँगै १४१ घरधुरी प्रभावित भएका छन् ।
  • हेटौंडा उपमहानगरपालिका–१, ५ र ७ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् ।
  • शुक्रबार रातिदेखिको वर्षाले राप्ती खोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल, ५ नम्बर वडाको पिप्ले र शान्तिनगर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

२३ असार, हेटौंडा । बागमती प्रदेशको सदरमुकाम हेटौंडाको बजार क्षेत्र डुबानमा परेसँगै १४१ घरधुरी प्रभावित भएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१, ५ र ७ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । शुक्रबार रातिदेखिको वर्षाले राप्ती खोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल, ५ नम्बर वडाको पिप्ले र शान्तिनगर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ५ नम्बर वडाका पिप्ले र शान्तिनगरका ३० भन्दा बढी घरहरु डुबानमा परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा डुबानमा परेका घरबाट मानिसको उद्धार गरिएको थियो ।

हेटौंडाको बजार क्षेत्रमा मात्रै डुबानबाट प्रभावित घरधुरी संख्या १ सय ४१ रहेको प्रहरीले जानकारी दिएको छ । हेटौंडा–५ सिंचाइकुना टोलमा २० घर, ५ नम्बर वडाकै लटिनाथ पल्टिङ क्षेत्रमा १५ घर, ५ नम्बर वडाकै लक्ष्मीनारायण मन्दिर आसपास १७ घर, शान्तिनगर टोलमा १३ घर, सानोपोखरामा ३० घर, दक्षिणकाली टोलमा १५ घर, ढुंगेधारा टोलमा ३० घर र हेटौंडा–७ न्युरेनीमा १ घर गरी जम्मा १ सय ४१ घरधुरी प्रभावित भएको प्रहरीले जानकारी दिएको हो ।

हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित ढल निर्माण नगरेकाले ५ नम्बर वडाको पिप्ले क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको छ । ५ नम्बर वडाको कर्रा खोला क्षेत्रसँग जोडिएको बस्ती निरन्तर वर्षा भएपछि रातभर जाग्राम बस्ने गरेका छन् । कर्रा खोला उर्लिएर आउँदा ५ नम्बर वडाको क्याम्पाडाँडादेखि ४ नम्बर वडाको कर्रा बस्तीसम्म खतरा हुने गर्दछ ।

हेटौंडाका कार्यवाहाक नगर प्रमुख राजेश बानियाँले डुबान क्षेत्रको निरीक्षण गर्दै नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा डुबानमा परेका स्थानीयहरुलाई उद्दार गरिएको बताए । हरेक वर्ष उक्त क्षेत्र डुबानमा पर्ने भएकाले दीर्घकालीन सोचका साथ उपमहानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीबाट डीपीआर बनाएरै दीर्घकालीन समस्या समाधान गरिने बानियाँले जानकारी दिए ।

वर्षाका कारण मकवानपुरको कुखरेनी, कर्रा, राप्ती, मनहरी, लोथर, सामरी, भैंसे खोलामा पानीको बहाव बढेको छ । बाढीका कारण खेतीयोग्य जमिन कटानमा परेका छन् । भैंसे खोलाले विगतका वर्षमा त्रिभुवन राजपथको सडक क्षेत्र कटान गरेको थियो । सामरी, राप्ती, कर्रा, मनहरी खोलाले हरेक वर्ष खेतीयोग्य जमिन कटान गर्ने गरेको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिका–२ कृषिडाँडास्थित सन्तबहादुर घलानको गोठ भासिएको छ । चार वटा गाईहरु गोठभित्रै फसेकोमा प्रहरी र स्थानीयले २ वटा गाई सकुशल बाहिर निकालेका छन् । २ वटा गाई भने गोठभित्रै बिरामी अवस्थामा रहेको डिएसपी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन  सत्ता पक्षकै नेताको माग
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन सत्ता पक्षकै नेताको माग
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार
६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
बाजुरामा एक महिला मृ*त फेला
बाजुरामा एक महिला मृ*त फेला
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
व्यावसायिक क्रिकेटबाट भारतीय क्रिकेटर पियुष चावलाको सन्यास
व्यावसायिक क्रिकेटबाट भारतीय क्रिकेटर पियुष चावलाको सन्यास
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत