भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
३७७ पटक हेरिएको
Shares
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते

सारांश

  • प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
  • २० जना घाइते छन् ।
  • बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

१० वैशाख,काठमाडौं ।

प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उक्त जीप प्युठानको भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै थियो । दुर्घटनामा परेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घाइते अधिकांशको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका निम्ति बुटवल पठाइएको छ । जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार थिए । जीपका चालक भने नेपाली नागरिक हुन् । उनी पनि घाइते छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
सुनको मूल्यमा गिरावट, बढ्यो चाँदी
सुनको मूल्यमा गिरावट, बढ्यो चाँदी
प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन
कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’