गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा

सारांश

  • बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ ।
  • यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेको स्थानीयको बुझाइ छ ।
  •   बढैयाताल गाउँपालिका–५ मा अवस्थित यो ताल बर्दियाको पुराना र ठूला तालहरूमध्ये एक हो ।

 

१७ जेठ, बर्दिया ।

बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेको स्थानीयको बुझाइ छ ।  बढैयाताल गाउँपालिका–५ मा अवस्थित यो ताल बर्दियाको पुराना र ठूला तालहरूमध्ये एक हो । वि.सं २०६५ मा नापी कार्यालय बर्दियाले गरेको सीमाङ्कनअनुसार १०७ बिघा चार कट्ठा १७.५ धुर क्षेत्रफलमा ताल फैलिएको छ । यही तालबाट गाउँपालिकाको नामकरण गरिएको हो । हाल सोही ताल सङ्कटमा पर्नु दुःखद भएको स्थानीय कर्णबहादुर थापाको भनाइ छ ।

गाउँपालिका–४ का पूर्ववडाध्यक्ष थापाका अनुसार यहाँ पछिल्ला छ/सात  वर्षदेखि चराको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ । प्लास्टिक प्रदूषणसँगै लुकिछिपी गरिने चराचुरुङ्गीको सिकारले विदेशी चराहरूको आगमनमा कमी आएको छ । ताल वरपर प्लास्टिकका बोतल, सिसाका टुक्रा र अन्य फोहरजन्य सामग्री यत्रतत्र देखिन्छन् । एक समय सयौँ प्रजातिका चराचुरुङ्गीहरूको सुरक्षित बासस्थानका रूपमा चिनिने यो तालमा हाल साइबेरियादेखि आउने पाहुना चराहरू आउन छोडेका वडा नं ५ का पूर्ववडासदस्य रामकुमार विकले बताए ।  वडा नं ५ का अध्यक्ष तुलाराम चौधरी ताल वरपरको सार्वजनिक जमिन भूमाफियाले अतिक्रमण गर्न थालेका र यसविरुद्ध आवाज उठाउँदा आफूहरूलाई नै मुद्दा झेल्नुपरेको गुनासो गर्छन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगञ्ज, नापी कार्यालय र मालपोत कार्यालय बर्दियाले संयुक्त अनुगमन गर्दा दाबी गरिएको जग्गा ताल क्षेत्रमा नरहेको प्रमाणित भइसकेको छ’, उनले भने । वडाध्यक्ष चौधरीले तालको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले स्पष्ट नीतिसहित काम गर्नुपर्ने बताए । ‘जुन तालको नामबाट गाउँपालिकाको नामकरण भएको छ, त्यही तालको संरक्षण गर्न नसकेको भनेर जनस्तरमा आलोचना भइरहेको छ । यो हामी सबैका लागि लाजमर्दो कुरा हो । अब गाउँपालिकाले नै संरक्षणका लागि पहल गर्नुपर्छ र यसमा अरू सबै सरोकार भएका निकायले सहयोग गरी पर्यापर्यटन विकासका लागि योजना अगाडि बढाउनुपर्छ’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा
सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा
एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी
१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी