जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
सारांश
- जाजरकोट भूकम्पका घाइतेहरूलाई सांसद डा.
- सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् ।
- सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरूलाई निःशुल्क उपचार गरिने जनाएको हो ।
१८ कार्तिक, काठमाडौँ । जाजरकोट भूकम्पका घाइतेहरूलाई सांसद डा.सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् ।
सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरूलाई निःशुल्क उपचार गरिने जनाएको हो । सांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउन पनि तयार रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेको जानकारी गराउँछौँ ।’ घाइतेहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए । ‘आपतविपतका बेला सबैले सके सहयोग गर्नुपर्छ,’ केएमसीका सल्लाहकार समेत रहेका सांसद शर्माले भने, ‘हाम्रो तर्फबाट पनि सकेको सहयोग गरौँ भनेर घाइतेहरूलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाइदिएका छौँ ।




प्रतिक्रिया