च्याम्पियन नेपाल पुलिस क्लबको भव्य स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
च्याम्पियन नेपाल पुलिस क्लबको भव्य स्वागत

सारांश

  • माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ ।
  • टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
  • पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

७ असोज, काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ ।

टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गर्दै उपाधि जितेको थियो ।

६ टोली सहभागि प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो ।पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको

थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो । विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरे । साथै खेलाडीहरुलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्‍याइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
जसपा नेत्रीले पेस्ताल पड्काउँदै नाचेको भिडिओ भाइरल, सोधपुछका लागि प्रहरीले बोलायो
जसपा नेत्रीले पेस्ताल पड्काउँदै नाचेको भिडिओ भाइरल, सोधपुछका लागि प्रहरीले बोलायो
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी
बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने