सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गर्नुभएका छ ।
  • चितवनको विद्युत आपूर्तिको अवस्था बुझेर जनकपुरधाम आउनुभएका निर्देशक शाक्यले मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखसँग छलफल गर्नुभएको हो ।
  • सुख्खाग्रस्त मधेसमा बोरिङ गाँड्ने घोषणापछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भनेर आफैं फिल्डमा खटिनुभएको छ ।

१३ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गर्नुभएका छ । चितवनको विद्युत आपूर्तिको अवस्था बुझेर जनकपुरधाम आउनुभएका निर्देशक शाक्यले मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखसँग छलफल गर्नुभएको हो ।

सुख्खाग्रस्त मधेसमा बोरिङ गाँड्ने घोषणापछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भनेर आफैं फिल्डमा खटिनुभएको छ । मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाँउमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिएको निर्देशक शाक्यले बताउनु भयो । सिंचाईका लागि विद्युत आपूर्ति गर्न प्राधिकरण तयार रहेको भएपनि कहाँकहाँ जाडिने भन्नेकुरा सम्बन्धित निकायबाट आउन नसकेको बताउनु भयो ।

सिंचाई गर्न अब डेढ महिना बाँकी रहेको र अहिले नै कति आउँछ, कहाँ कहाँ आउँछ र कति क्षमताको पम्पहरु छ भन्नेकुराको जानकारी दिन आग्रह गर्नुभयो । किसानको समस्या राष्ट्रिय समस्या भएकाले समाधानका लागि नै आफू लागिपरेको बताउनु भयो । आठ रुपैयाँ पर्ने बिजुली सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा दिने बताउनु भयो । सिंचाईका लागि कहाँकहाँ र कसरी बोरिङ जडान गर्ने विषयमा आफैँ फिल्डमा खटेर किसानसँग बुझ्नका लागि निर्देशन दिएको निर्देशक शाक्यले बताउनु भयो । उहाँले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सकाउने गरी लागि परेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने
रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
एमाले महाधिवेशनको दोस्रो दिन: समूहगत छलफल हुदैँ
एमाले महाधिवेशनको दोस्रो दिन: समूहगत छलफल हुदैँ
कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित
कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा