विपक्षीले आज पनि मागे गृहमन्त्रीको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
१५ पटक हेरिएको
Shares
विपक्षीले आज पनि मागे गृहमन्त्रीको राजीनामा

सारांश

  • संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा पुनः उठाएका छन् ।
  • प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।
  • सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् ।

१४ जेठ, काठमाडौं ।

संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा पुनः उठाएका छन् । प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।

सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् । सभामुखले बसेर बैठक सञ्चालनमा सघाउन पटकपटक आग्रह गरेका छन् । उनले दलीय आधारमा बोल्न समय दिने बताइरहेका छन् । विपक्षी दलका सांसदहरूले भने गृहमन्त्रीको राजीनामा मागिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?