दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु

सारांश

  • शुक्लागण्डकी नगरपालिका र सडक बोर्डको साझेदारीमा उक्त सडक स्तरोन्नति सुरु गरिएको हो ।
  • सो सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–८ ढोरबाराहीको बाराही खोलादेखि मान्द्रे खण्ड सडक स्तरोन्नति भइरहेको वडाध्यक्ष नारायण थापाले जानकारी दिए ।
  • रु १५ लाखमा उक्त खण्ड ढलान सुरु गरिएको उहाँले बताउनुभयो ।

१६ वैशाख, दमौली

यहाँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा साखे सडक स्तरोन्नति सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिका र सडक बोर्डको साझेदारीमा उक्त सडक स्तरोन्नति सुरु गरिएको हो । सो सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–८ ढोरबाराहीको बाराही खोलादेखि मान्द्रे खण्ड सडक स्तरोन्नति भइरहेको वडाध्यक्ष नारायण थापाले जानकारी दिए । रु १५ लाखमा उक्त खण्ड ढलान सुरु गरिएको उहाँले बताउनुभयो । यस खण्डमा १५० मिटर सडक ढलान हुनेछ ।

शनिबारदेखि उक्त सडकखण्डको बराहखोला कल्भर्ट, कुमारी बैंक अगाडि र भाटीको डिल खण्डमा सवारी आवागमन बन्द गरिएको छ । एक महिनासम्म उक्त बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।  त्यसैगरी भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर सडकअन्तर्गत चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको बजेटबाट स्तरोन्नति थालिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए ।

शहरी विकास मन्त्रालयको रु एक करोड बजेटबाट ४९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिए । पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको २० लाख बजेटबाट सुरुआती विन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याबिन जाली र ५४ घनमिटर पक्की नाला निर्माण सम्पन्न भइसकेको छ । भानु नगरपालिकामार्फत ठेक्का लागेको र निर्माण पक्षले पटक-पटक समय थप गर्दासमेत काम नगरेकाले सुरुआती विन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी रु ७५ लाखमा करिब ९५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताए।  हाल भइरहेको ४७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । हाललाई माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताहरुले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण