रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

सारांश

  • जेनजीको सम्भावित प्रदर्शनलाई लक्षित गरी रुपन्देही जिल्लाभर अनिश्चितकालीन  निषेधाज्ञा जारी भएको छ ।
  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो ।
  • प्रमुख जिल्ला अधिकारी डा.

२४ भदौ, बुटवल ।

जेनजीको सम्भावित प्रदर्शनलाई लक्षित गरी रुपन्देही जिल्लाभर अनिश्चितकालीन  निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेबाट जारी भएको आदेशमा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आज विहान ९.३० बजेदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर निषेधाज्ञा लागू हुने जानकारी गराएका छन् ।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । nनिषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ । यसअघि हिजो दिउसो ४ बजेदेखि १० बजेसम्म पनि निषेधाज्ञा आदेश जारी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन्’ : जनार्दन शर्मा
‘पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन्’ : जनार्दन शर्मा
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन
मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग