माथिल्लो त्रिशूली १ को सुरुङमा भेटिए थप ५ वटा श*व

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ३, २०८३
|
|
१२० पटक हेरिएको
Shares
माथिल्लो त्रिशूली १ को सुरुङमा भेटिए थप ५ वटा श*व

सारांश

  •   माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ५ वटा शव भेटिएको छ।
  • योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ।
  •   शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

३ असोज, काठमाडौं । 

माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ५ वटा शव भेटिएको छ। योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ।  शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।  ् नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले टनेलमा निरन्तर खोजी कार्य गर्ने क्रममा अडिट ३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा १८ वटा शव फेला परेको हो। साँझ भेटिएका ५ वटा शव भने टनेल बाहिर निकाल्न बाँकी छ।

आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्रको सुरूङमा ती शव फेला परेका हुन्।  बाढी आउँदा आयोजनाको सुरुङभित्र कति जना मजदुर प्रवेश गरेका थिए भन्ने अझै यकिन भएको छैन।  बाढीपछि यो आयोजनामा कार्यरत ४९२ जना सम्पर्कविहीन छन्। यहाँ एक हजार ४३३ जना कार्यरत थिए। कोरियाली लगानीमा यो जलविद्युत् परियोजना निर्माण भइरहेको थियो। यस्तै त्रिशूली ३ ‘ए’ र ३ ‘बी’को टनेल र पावर हाउसमा पनि खोजि कार्य भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप
महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप
तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलको माग
तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलको माग
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
सशस्त्रका ५ एसपीको सरुवा
सशस्त्रका ५ एसपीको सरुवा