बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
४२ पटक हेरिएको
Shares
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा

सारांश

  • धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियारले छापा मारेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले सोमबार गाउँपालिका कार्यालयमा छापा मारेर अलपत्र र सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको हो ।
  • सेटिङका योजनाहरू अलपत्र सम्बन्धी समाचार सार्वजनिक गरेपछि अख्तियारले कागजातहरू उपलब्ध गराउन पटक-पटक पत्राचार गरे पनि कार्यालयले अटेर गरेको थियो ।

 

६ जेठ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले सोमबार गाउँपालिका कार्यालयमा छापा मारेर अलपत्र र सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको हो । सेटिङका योजनाहरू अलपत्र सम्बन्धी समाचार सार्वजनिक गरेपछि अख्तियारले कागजातहरू उपलब्ध गराउन पटक-पटक पत्राचार गरे पनि कार्यालयले अटेर गरेको थियो ।

मंगलबार अख्तियारको टोली नै कागजात नियन्त्रामा लिन पुगेको थियो । तर, फाइल राखेको दराजको साँचो डेढ महिना अघि भ्रष्टाचार मुद्दा विशेषमा दर्ता भएपछि निलम्बित लेखाअधिकृत सुमनपुरीसँग रहेको भन्दै कर्मचारीहरूले दिन मानेका थिएनन् । अख्तियारका एक कर्मचारीका अनुसार झन्डै चार घण्टासम्म कागजात नदिएपछि दराजको ताल्चा फुटाएरै कागजात लग्ने चेतावनी दिएपछि खोलेर फाइल दिएको थियो । अनियमितताको कारण कर्मचारीले काम नगर्न मानेपछि चार वर्षदेखि अलपत्र परेका गाउँपालिका कार्यालय अगाडिको अधुरो महादेव मन्दिर, वडा नं.–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे अधुरो भवन लगायत आधा दर्जन बढी योजनाको फाइल अख्तियारले नियन्त्रणमा लिएको कार्यालयका एक कर्मचारीले बताए । तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालको अन्ततिर आर्थिक वर्ष २०७८/७९ मा प्रमुख प्रशासकीय अधिकृत

रामजी जोसी, लेखाअधिकृत पुरीले मिलेमतो गरी रौतहटको आर्यन कन्ट्रक्सनलाई सेटिङमा टेन्डर र कोटेसन मार्फत झन्डै एक दर्जन योजना दिएको थियो । वडा नं. २ स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, पालिकाको प्रशासनिक कार्यालयको दोश्रो तल्ला, पालिका अगाडिको दलित बस्तीको बाटोको पीसीसी ढलान, वडा नम्बर २ को धुमासन टोलमा बाटोमा पिसीसी ढलान, पाटोटोलमा सार्वजनिक दलान, वडा नम्बर ३ मा दलितको घर लगायतको काम आर्यन कन्ट्रक्सनले गरेको थियो । सेटिङका योजनाहरूको काम हतारहतार जथाभावी गरे पनि मन्दिर र लक्ष्मी माविको भवन अलपत्र परेको थियो । जनप्रिय माविको भवन भने पालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएर आएपछि सोही कन्ट्रक्सनबाट गरिएको थियो । आर्यन कन्ट्रक्सनलाई टेन्डरका योजनाहरू एक प्रतिशतसम्म समेत बिलो कटेको छैन । सेटिङका योजनाको काम पालिकाका बहालबाला इन्जिनियर जितेन्द्र यादवलाई जिम्मेबारी विहीन बनाएर करारमा इन्जिनियर शौरभ कुशवाहालाई राखेर बर्दिबासबाटै कागजात तयार पार्ने काम भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित
शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन
राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै