भारत भ्रमणको तेस्रो दिन आज अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गर्न आह्वान गर्ने
सारांश
- भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज (शनिबार) भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन्।
- भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको राउन्ड टेबल छलफललाई आज बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ।
- परिसंघकी अध्यक्ष डा सुचित्रा के इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा वाग्ले सहभागी हुने भएका हुन्।
३ असोज, काठमाडौं ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज (शनिबार) भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन्। भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको राउन्ड टेबल छलफललाई आज बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ। परिसंघकी अध्यक्ष डा सुचित्रा के इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा वाग्ले सहभागी हुने भएका हुन्।

सो क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न र लगानी गरिसकेकाहरूलाई लगानी विस्तारका लागि आह्वान गर्ने उनको सचिवालयले जानकारी दिएको छ। साथै लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उनले भारतीय उद्योगपतिहरूलाई जानकारी गराउनेछन्। अर्थमन्त्री वाग्लेसँगको छलफलमा परिसंघका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसंघले जनाएको छ।

प्रतिक्रिया