मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते

सारांश

  • मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।
  • माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सातसय मिटर तल खसेको थियो ।
  • दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको हो ।

९ असार, मुगु ।

मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सातसय मिटर तल खसेको थियो । दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी माँझचौर र ईलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो । हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ