चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
६७ पटक हेरिएको
Shares
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी

सारांश

  • २१ फागुनको निर्वाचनमा नमिठो पराजय बेहोरेपछि मधेशवादी दलहरूले पार्टी एकता र युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको तयारी गरेका छन् ।
  • जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता ह्रदयेश त्रिपाठीले मधेशवादी दलहरू बीच एकीकरणको तयारी भइरहेको जानकारी दिए ।
  • २०४८ सालपछि पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व विहिन बनेपछि पार्टी एकता मात्र होइन नयाँ किसिमको पार्टी बनाउने विषयमा नेताहरूबीच अनौपचारिक सहमति बनेको नेताहरू बताउँछन् ।

१८ चैत, काठमाडौं ।

२१ फागुनको निर्वाचनमा नमिठो पराजय बेहोरेपछि मधेशवादी दलहरूले पार्टी एकता र युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको तयारी गरेका छन् ।जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता ह्रदयेश त्रिपाठीले मधेशवादी दलहरू बीच एकीकरणको तयारी भइरहेको जानकारी दिए ।

२०४८ सालपछि पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व विहिन बनेपछि पार्टी एकता मात्र होइन नयाँ किसिमको पार्टी बनाउने विषयमा नेताहरूबीच अनौपचारिक सहमति बनेको नेताहरू बताउँछन् ।‘पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल चलिरहेको छ । पुराना नेताहरू संरक्षक वा सल्लाहकारको भूमिकामा बसेर नयाँ पुस्ताको नेतृत्व ल्याउँछौं,’ पूर्वमन्त्री समेत रहेका नेता त्रिपाठीले अनलाइनखबरसँग भने ।युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नेमा एक किसिमको सहमति भएपनि कसलाई नेता बनाउने भन्ने विषय भने टुंगिनसकेको त्रिपाठीले बताए ।राष्ट्रिय  मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष राजेन्द्र महतोले गम्भीर छलफल गरेर एकीकरणको निर्णय लिने बताए ।

उनी भन्छन्, ‘एकता नै बल हो भन्ने हामीलाई थाहा नभएको होइन तर अति आत्मविश्वास भनौं की अहंकार भनौं चुनाव अघि एक हुन सकेनौं । अब गम्भीर समीक्षा गरेर निर्णय गर्छौं ।’गत फागुनको निर्वाचनमा मधेश प्रदेशका ३२ मध्ये ३० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित्यो । १३ लाख मत सहित रास्वपा मधेशमा पहिलो पार्टी बन्दा १ लाख ३८ हजार मत सहित जसपा नेपाल चौथो र ५० हजार मत पाएको जनमत पार्टी पाँचौं स्थानमा झर्‍यो ।सबै मधेशवादी दलले देशभरीबाट पाएको मत जोड्दा साढे तीन लाख हुन्छ । यो यसपटक खसेको कुल मतको तीन प्रतिशत भन्दा बढी हो । यसले मधेशवादी दल मिलेको भए प्रतिनिधिसभामा प्रतिनिधित्व सम्भव थियो भन्ने देखाउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
चितवनमा तीन वटा बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २२ जना घाइते
चितवनमा तीन वटा बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २२ जना घाइते
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री