मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको बैठक बोलाइएको छ ।
  • रोशन कार्कीको नेतृत्वमा रहेको अनुशासन समितिको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो ।
  • मधेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे निर्णय गर्न अनुशासन समितिको बैठक बोलाइएको राप्रपाले जनाएको छ ।

२६ कात्तिक, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको बैठक बोलाइएको छ । रोशन कार्कीको नेतृत्वमा रहेको अनुशासन समितिको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो । मधेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे निर्णय गर्न अनुशासन समितिको बैठक बोलाइएको राप्रपाले जनाएको छ । उनलाई राप्रपाले यसअघि २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ ।  राप्रपाका एक शीर्ष तहका नेताले भने, ‘स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको अवधि सकिएपछि अनुशासन समितिको बैठक बसेर आवश्यक निर्णय लिन्छ ।’

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएका थिए । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । सरकारमा सामेल हुने कुनै पार्टीको नीति नरहेको स्पष्ट पार्दै अध्यक्ष लिङ्देनले तत्काल फिर्ता हुन निर्देशन दिएका थिए । फिर्ता नभए अन्यथा विधान बमोजिम कारबाही हुने चेतावनी उनले दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारी वकिलको कार्यालयमा आगजनी
सरकारी वकिलको कार्यालयमा आगजनी
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
आगो लगाएर श्रीमतीको हत्या आरोपमा युवक पक्राउ
आगो लगाएर श्रीमतीको हत्या आरोपमा युवक पक्राउ
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण