क्यानाडा पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने समूह पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
क्यानाडा पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने समूह पक्राउ

सारांश

  • विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गरी वैदेशिक रोजगारीमा लगिदिने भन्दै ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
  • पीडितबाट परेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरेको हो।
  • ह्वाट्स एप, टेलिग्राम र भाइबर लगायतका सञ्जालहरुमा विज्ञापन राखेर क्यानाडालगायत मुलुक पठाइदिने भन्दै ठगी गर्ने गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

विराटनगर। विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गरी वैदेशिक रोजगारीमा लगिदिने भन्दै ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। पीडितबाट परेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरेको हो।

ह्वाट्स एप, टेलिग्राम र भाइबर लगायतका सञ्जालहरुमा विज्ञापन राखेर क्यानाडालगायत मुलुक पठाइदिने भन्दै ठगी गर्ने गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। विराटनगर महानगरपालिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानाडा पठाइदिने भनेर ठगी गरेको पाइएको प्रहरीको भनाइ छ। विदेशी मोवाइल नम्बरहरुबाट खोलिएको ह्वाट्स एपबाट महेशकुमारलाई सम्पर्क गरी भिसा प्रयोजनका लागि आवश्यक कागजातहरु समेत पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

रोजगारीमा लगाइदिने लोभ देखाएर पटकपटक गरी ६६ लाख ६७ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाइएको प्रहरीले जनाएको छ। आफूहरु ठगिएको पीडितले उजुरी गरेपछि प्रहरी टोली परिचालन गरिएको थियो। भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमीत राय, कटहरी–३ कै ३० वर्षीय बुद्धनारायण मलाह, मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २५ वर्षीय बोधराज राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो। मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा
भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक : देउवा
डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक : देउवा
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति