पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
२९ पटक हेरिएको
Shares
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प

सारांश

  • हेटौँडा काठमाडौँ जोड्ने सबै सडकहरू बन्द भएका छन् ।
  • पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका मार्गहरू बन्द भएका हुन् ।
  • बिहीबारदेखि भएको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ), कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी मातातीर्थ काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

१२ असोज, काठमाडौं । हेटौँडा काठमाडौँ जोड्ने सबै सडकहरू बन्द भएका छन् ।

पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका मार्गहरू बन्द भएका हुन् । बिहीबारदेखि भएको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ), कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी मातातीर्थ काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको छ ।

छोटो दुरीको भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ सडक खण्डको खानीखेला, सिमखोलामा बाढीले आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार सिस्नेरीबाट माथिल्लो  क्षेत्रमा विभिन्न स्थानमा पहिरो खेसेको छ । इन्द्रसरोवर–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ । कुलेखानी फाखेल काठमाडौँ सडक खण्डको महालक्ष्मी खोलाको बाढीले सडक अवरुद्ध गरेको छ । प्रहरीका अनुसार उक्त सडक खण्डमा वर्षाका कारण स–साना पहिरोहरू खसेका छन् । कुलेखानी मातातीर्थ काठमाडौँमा पनि पहिरोले सवारी आवागमन ठप्प छ ।

छोटो दुरीको मार्गको प्रवेश मार्ग भैँसे भीमफेदी सडक खण्डमा पनि पहिरो खेसेको प्रहरीको भनाई छ । भीमफदीको धोर्सिङमा पहिरो खस्दा सडक बन्द भएको हो । यता त्रिभुवन राजपथको थाहा नगरपालिका–५ मा पहिरो खस्दा सडक बन्द भएको छ । दामन क्षेत्रमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको प्रहरीको भनाई छ । वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृ*त्यु, श्रीमान् घाइते
कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृ*त्यु, श्रीमान् घाइते
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
कोइरीको सांसद पद निलम्बन फुकुवा
कोइरीको सांसद पद निलम्बन फुकुवा
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा
मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी