अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट

सारांश

  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडिङको आधारमा विद्यार्थी छनोट गर्ने भएको छ ।
  • यो सँगै विद्यार्थीको नाम निकाल्न हुने चलखेलेको अन्त्य हुने दाबी गरिएको छ ।
  • आर्थिक वर्ष २०८२/८३ देखि लागु गर्नेगरी विद्यार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

 

५ जेठ, काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडिङको आधारमा विद्यार्थी छनोट गर्ने भएको छ । यो सँगै विद्यार्थीको नाम निकाल्न हुने चलखेलेको अन्त्य हुने दाबी गरिएको छ । आर्थिक वर्ष २०८२/८३ देखि लागु गर्नेगरी विद्यार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । सीटीईभीटीका निर्देशक दामोदर पौडेलका अनुसार अब एसईईमा विद्यार्थीले पाएको ग्रेडिङको आधारमा छनोट गरिने छ । यसअघि अंग्रेजी, गणित र विज्ञान विषयमा ७० नम्बरको प्रवेश परीक्षा र ३० नम्बर विद्यार्थीले एसईईमा ल्याएकोलाई आधार मानेर मेरिटको आधारमा विद्यार्थी छनोट गर्ने गरिएको थियो ।

तर, एसईई सकिएलगत्तै विद्यार्थीले अर्का कक्षा नपढेकाले फेरि प्रवेश परीक्षा दिनु नपर्ने निष्कर्षसहित सीटीईभीटीले प्रवेश परीक्षा नलिने निर्णय गरेको हो । ‘भर्खर १० कक्षाको परीक्षाको जाँच दिएको हुन्छ । सरकारले ग्रेडिङ दिएको हुन्छ । फेरि जाँच लिएर विद्यार्थीलाई तनाव नदिन खाजेको हो,’ निर्देशक देवकोटाले भने । सामुदायिक विद्यालय र निजीका विद्यार्थीबीच एकरूपता बनाउन सामुदायिकबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीको जीपीएमा १ अंक र निजीको विद्यार्थीलाई ०.८५ अंक थप गरेर योग्यताक्रम निर्धारण गर्नेगरी निर्देशिका बनाइएको पाठ्क्रम विकास केन्द्रका निर्देशक विनोद बडालले बताए । ‘भर्ना प्रक्रिया छिटोछरितो, स्रोत साधनको बचत हुने, परीक्षा केन्द्रसम्म जान आउन विद्यार्थीको खर्च तथा समयको बचत हुने र कक्षा १० मा मिहिनेत गरेर अध्ययन गर्नु पर्छ भन्ने सन्देश जाने भएकाले एसईईको प्राप्तंकको आधारमा विद्यार्थी छनोट गर्न लागिर्एको हो,’ बडालले भने । एसईई दिएलगत्तै सीटीईभीटीमा नाम निकाल्न अतिरिक्त तयारी कक्षा पनि लिनु पर्ने झन्झटबाट विद्यार्थी मुक्त भएका छन् । अभिभावक र विद्यार्थीलाई सहज हुने निष्कर्ष सीटीईभीटीको छ ।

विगतमा प्रवेश परीक्षा सञ्चालन गर्दा परिषद्‍मा उपलब्ध जनशक्ति प्रवेश परीक्षाका कार्यक्रममा खटिनु पर्ने भएकोले नियमित परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशन ढिलो भएकोले नयाँ प्रावधान सीटीईभीटीले ल्याएको हो । ‘नयाँ व्यवस्था अनुसार अनलाइन प्रणालीबाट प्रशिक्षार्थी छनोट गर्दा धेरै संख्यामा जनशक्तिको आवश्यकता नपर्ने हुँदा परिषद् परीक्षा नियन्त्रण कार्यालयले तयार गरेको शैक्षिक क्यालेन्डरको कार्यान्वयन गर्न सहज हुन्छ,’ निर्देशक देवकोटाले भने । निःशुल्क छात्रवृत्ति वा विशेष छात्रवृत्तिमा समेत छनोट हुँदा रिक्त सिटमा पटक–पटक प्रवेश परीक्षा दिनुपर्ने बाध्यता पनि हटेको छ । ‘विद्यार्थी र अभिभावकलाई अब सहज हुन्छ । ठाउँ-ठाउँमा गएर प्रवेश परीक्षा दिनुपर्दैन । अनलाइनबाट फारम भरे पुग्छ,’ निर्देशक देवकोटाले भने । परीक्षा प्रणाली परिवर्तन भएसँगै शुल्क पनि घटाइएको छ । ‘परीक्षा दिनु नपर्ने भएपछि शुल्क घटाएका छौं । परीक्षा शुल्क १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने थियो । अब १ हजार रुपैयाँमा झारेका छौं,’ देवकोटाले भने । फारम सेमत अनलाइनबाट भर्ने प्रावधान ल्याएको छ । निःशुल्क छात्रवृत्ति, पूर्ण शुल्कीय कार्यक्रम, प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति (दलित, मुस्लिम, सीमान्तकृत वर्ग, हलिया तथा कमैया र प्राविधिक शिक्षाको पहुँच नपुगेका पालिकामा स्थायी बसोबास गर्ने विद्यार्थीहरूका लागि) तथा औद्योगिक प्रशिक्षार्थी तालिम तर्फका सबै कार्यक्रमहरूमा आवेदन फाराम अनलाइन भर्ने व्यवस्था गरिएको छ,’ निर्देशक देवकोटाले भने ।

विगतका वर्षमा प्रवेश परीक्षा गर्दा प्रश्नपत्र बाहिरिएको विषय उठ्ने गरेको थियो । अब नयाँ व्यवस्थाले यी विषय नआउने सीटीईभीटीका अधिकारीहरू बताउँछन् । नर्सिङ बाहेकका कोटामा सिट खाली हुने गरेकाले पनि सीटीईभीटीले प्रवेश परीक्षाको नीति परिवर्तन गरेको हो । ‘विद्यार्थीको आकर्षण कम छ । नर्सिङ बाहेक अरूमा कोटा खाली हुने गरेको छ,’ निर्देशक देवकोटाले भने । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यो विषय आएपछि सीटीईभीटीले निर्देशिका बनाएको हो । ‘विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने छ । प्राविधिक शिक्षाको धारलाई विश्वविद्यालय तहसम्म पुर्‍याइनेछ,’ निती तथा कार्यक्रमको बुँदा नम्बर ६४ मा भनिएको छ । त्यसपछि सीटीईभीटीले गत २५ वैशाखमा प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका स्वीकृत गरेको हो । र, परिषद्ले २६ वैशाखमा परीक्षाको ढाँचासमेत परिमार्जन गरेको छ । सीटीईभीटीको प्रवेश परीक्षा प्रणाली परिवर्तन गर्ने विषय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा विद्या भट्टराई हुँदादेखि नै प्रक्रिया अगाडि बढेको थियो । सोही विषय सरकारको नीति तथा कार्यक्रममा आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो, १०, ४५१ को उद्धार
भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो, १०, ४५१ को उद्धार
रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
भीरबाट लडेर ८ वर्षे बालकको मृ*त्यु
भीरबाट लडेर ८ वर्षे बालकको मृ*त्यु