वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् ।
  • शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् ।
  • गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ ।

२५ पुस, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्‍घाटन समारोहमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए । सरकार निर्वाचनमा होमिसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबैपक्षलाई आग्रह गरे । जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए । तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।

बागमती प्रदेशका मुख्‍यमन्त्री बाँनियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्ने तर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनपर्ने बताए ।उनले अहिलेको निर्वाचनमा विगतमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वास भने कायम रहेको बताउँदै कृत्रिम बौद्धिकता, इन्टरनेट लगायतको प्रयोगबाट हुन सक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायहरुलाई सचेत गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खैरो हेरोइनसहित २ जना पक्राउ
खैरो हेरोइनसहित २ जना पक्राउ
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
परम्परागत पनौती जात्राको आज मुख्य दिन
परम्परागत पनौती जात्राको आज मुख्य दिन
सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा
सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं– प्रशिक्षक गुरुङ
एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं– प्रशिक्षक गुरुङ