प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
२८ पटक हेरिएको
Shares
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह

सारांश

  • मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षा क्षेत्रलाई सुधार्न प्रदेशको प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
  • मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं.
  • ८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको “याज्ञवल्क्य सदन” समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मधेशका मुख्यमन्त्री सिंहले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताउनुभएको हो ।

 

१८ भदौ , जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षा क्षेत्रलाई सुधार्न प्रदेशको प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

https://press4k.com/मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको “याज्ञवल्क्य सदन” समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मधेशका मुख्यमन्त्री सिंहले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताउनुभएको हो । उहाँले लोकसेवा होस वा अन्य सेवा होस्, प्राविधिक शिक्षाको सबै क्षेत्रमा आवश्यक पर्ने हुँदा प्रदेशको शिक्षा क्षेत्र सुधार्नका लागि प्राविधिक शिक्षामा जोड आवश्यक रहेको जिकीर गर्नुभयो ।  मनतव्यकाे क्रममा मुख्यमन्त्री सिंहले शिक्षक र विद्यार्थीको अनुपान समायोजन नहुँदा शिक्षाको अवस्था खस्किँदै गएको बताउनुहुँदै उहाँले शिक्षा क्षेत्रलाई मजबुत बनाउन र गुणस्तरिय बनाउन प्रदेशमा शिक्षक अवभावको समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो ।उहाँले शिक्षकको संख्यामा वृद्धि गरी कम्तिमा एक शिक्षकमा ४५ विद्यार्थी पठनपाठनको व्यवस्था मिलाउनु आवश्यक रहको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले ७०-८० जना विद्यार्थीलाई एकजना शिक्षक छन्, त्यसकारण शिक्षक र विद्यार्थीको अनुपान समायोजन गरी एक शिक्षकमा कम्तिमा ४५ जनाभन्दा बढी विद्यार्थी नुहने गरी शिक्षक र विद्यार्थीको अनुपान मिलाउनुपर्छ ।” यसैक्रममा उहाँले विद्यार्थी फुर्सदका समयमा घुम्न र रमाउनका लागि प्रदेशको आठ वटै जिल्लामा शैक्षिक पार्क निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। प्रदेशको शैक्षिक अवस्था सुधारका लागि प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयले शिक्षा नीति ल्याउने योजना समेत बताइरहेको जानकारी दिनुभयो ।   यस्तै सोही विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार मिश्रले पहाड र मधेश शिक्षण प्रणलीमा धेरै विन्नता भएकै कारण शिक्षाको गणस्तण खस्किदै गाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा एक शिक्षकमा २५ जना विद्यार्थी पाढाइन्छ भने मधेशमा एक शिक्षकमा ७०÷८० विद्यार्थी पढाउनुपर्ने अवस्थाका कारण शिक्षा कमजोर हुँदै गएको हो ।” प्रदेश सरकारद्वारा निर्मित उक्त भवनको उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार सिंहको अध्यक्षतामा आयोजित उक्त समुद्घाटन कार्यक्रममा सोही विद्यालयका प्राध्यापक संजयकुमार झालगायतको उपस्थिति रहेको थियो ।https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने
बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित
कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित