कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
३० पटक हेरिएको
Shares
कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान

सारांश

  • जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पु¥याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनस्र्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ  ।
  • प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले बताएको छ ।
  • गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूको पुनस्र्थापनाका लागि कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने सरकारको योजना रहेको छ ।

 

१२ मंसिर, विराटनगर ।

जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पु¥याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनस्र्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ  ।

प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले बताएको छ । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूको पुनस्र्थापनाका लागि कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने सरकारको योजना रहेको छ ।

त्यसअन्तर्गत आज दुहबीमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सीलगायतका सामग्री उपलब्ध गराइएको जनाइएको छ । कोशी प्रदेशका १३७ पालिकामध्ये ३७ पालिकामा जेन्जी आन्दोलनको प्रभाव परेको थियो । तीमध्ये ४०१ क्षतिग्रस्त वडामध्ये १५४ वडामा सेवा छिटो सुचारु गर्न सामग्री वितरण गरिएको हो । मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारमा प्राप्त सहयोग रकमलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाह कार्यालयहरूको पुनस्र्थापनाकै लागि प्राथमिकतामा प्रयोग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?