Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
५४ पटक हेरिएको
Shares
कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान

सारांश

  • जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पु¥याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनस्र्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ  ।
  • प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले बताएको छ ।
  • गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूको पुनस्र्थापनाका लागि कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने सरकारको योजना रहेको छ ।

 

१२ मंसिर, विराटनगर ।

जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पु¥याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनस्र्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ  ।

प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले बताएको छ । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूको पुनस्र्थापनाका लागि कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने सरकारको योजना रहेको छ ।

त्यसअन्तर्गत आज दुहबीमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सीलगायतका सामग्री उपलब्ध गराइएको जनाइएको छ । कोशी प्रदेशका १३७ पालिकामध्ये ३७ पालिकामा जेन्जी आन्दोलनको प्रभाव परेको थियो । तीमध्ये ४०१ क्षतिग्रस्त वडामध्ये १५४ वडामा सेवा छिटो सुचारु गर्न सामग्री वितरण गरिएको हो । मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारमा प्राप्त सहयोग रकमलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाह कार्यालयहरूको पुनस्र्थापनाकै लागि प्राथमिकतामा प्रयोग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान
हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट