रविलाई बयानका लागी आज रुपन्देही लगिदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
रविलाई बयानका लागी आज रुपन्देही लगिदै

सारांश

  • बिहानै ५:४० बजे प्रहरीले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको थियो, तर मौसम खराबीका कारण उडान ढिला भएपछि लामिछानेलाई केही समय एयरपोर्टमै राखिएको हो ।
  • प्रहरीका अनुसार आजको बयान सकेर उनलाई फेरी कास्की फर्काउने तयारी छ।
  • बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थामा १४ करोड २९ लाख रुपैयाँको अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले लामिछानेसहित १२ जनालाई पक्राउको अनुमति दिएको थियो।

२७ कार्तिक, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही जिल्ला अदालतमा बयानका लागि लगिएको छ। बिहानै ५:४० बजे प्रहरीले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको थियो, तर मौसम खराबीका कारण उडान ढिला भएपछि लामिछानेलाई केही समय एयरपोर्टमै राखिएको हो ।

प्रहरीका अनुसार आजको बयान सकेर उनलाई फेरी कास्की फर्काउने तयारी छ। बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थामा १४ करोड २९ लाख रुपैयाँको अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले लामिछानेसहित १२ जनालाई पक्राउको अनुमति दिएको थियो।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनले बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख विभिन्न माध्यमबाट गोर्खा मिडिया नेटवर्कमा पुगेको जनाएको छ। लामिछानेलाई कास्की प्रहरीले सूर्यदर्शन सहकारी रकम अपचलन सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेका थिए। थप अनुसन्धानका लागि उनलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही लगिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
सर्लहिया देवीक भूमिमे मलंगऽक बास
सर्लहिया देवीक भूमिमे मलंगऽक बास
आजपा नेपालका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजीनामा
आजपा नेपालका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजीनामा
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे