Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रविलाई बयानका लागी आज रुपन्देही लगिदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
४९ पटक हेरिएको
Shares
रविलाई बयानका लागी आज रुपन्देही लगिदै

सारांश

  • बिहानै ५:४० बजे प्रहरीले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको थियो, तर मौसम खराबीका कारण उडान ढिला भएपछि लामिछानेलाई केही समय एयरपोर्टमै राखिएको हो ।
  • प्रहरीका अनुसार आजको बयान सकेर उनलाई फेरी कास्की फर्काउने तयारी छ।
  • बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थामा १४ करोड २९ लाख रुपैयाँको अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले लामिछानेसहित १२ जनालाई पक्राउको अनुमति दिएको थियो।

 

२७ कार्तिक, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही जिल्ला अदालतमा बयानका लागि लगिएको छ। बिहानै ५:४० बजे प्रहरीले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको थियो, तर मौसम खराबीका कारण उडान ढिला भएपछि लामिछानेलाई केही समय एयरपोर्टमै राखिएको हो ।

प्रहरीका अनुसार आजको बयान सकेर उनलाई फेरी कास्की फर्काउने तयारी छ। बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थामा १४ करोड २९ लाख रुपैयाँको अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले लामिछानेसहित १२ जनालाई पक्राउको अनुमति दिएको थियो।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनले बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख विभिन्न माध्यमबाट गोर्खा मिडिया नेटवर्कमा पुगेको जनाएको छ। लामिछानेलाई कास्की प्रहरीले सूर्यदर्शन सहकारी रकम अपचलन सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेका थिए। थप अनुसन्धानका लागि उनलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही लगिएको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
भारतीय सेना भन्छ – भारतले पहलगाम घटना बिर्सेको छैन
भारतीय सेना भन्छ – भारतले पहलगाम घटना बिर्सेको छैन