Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
८८ पटक हेरिएको
Shares
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु

सारांश

  • तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
  •   इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र रहेका खडका बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो ।
  • उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १:५५ बजे मृत्यु भएको हो ।

 

१६ साउन,झापा:  प्रहरी हिरासतमा रहेका एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ ।

तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र रहेका खडका बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १:५५ बजे मृत्यु भएको हो ।

साउन १३ गते बिहान ९:४५ बजे मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शङ्का लागेर चेकजाँच गर्दा प्लास्टिकले पोका पारेर बायाँ हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उक्त लागुऔषध मेचीनगर–७ का ३० वर्षीय खड्गबहादुर दर्जीले भारतबाट खरिद गरी काँकडभिट्टासम्म पुर्‍याइ दिनु भनी पठाएको खुलेको थियो । मे २ प ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको थियो ।  मृतक खड्काको परिवारले शव बुझ्न नमानेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि
नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
मातातीर्थ मेला आजदेखि सुरु
मातातीर्थ मेला आजदेखि सुरु
सिन्धुलीको दुधैलीमा बस र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, एक घाइते
सिन्धुलीको दुधैलीमा बस र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, एक घाइते
६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो