६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

सारांश

  • एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको तथ्याङ्कमा चालु आव २०८१/०८२ सालको साउनदेखि फागुन महिनासम्म ६५ हजार सात सय ३६ जना विभिन्न नाकाबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका वरिष्ठ संरक्षण शिक्षा सहायक शेरजंग गुरूङले जानकारी दिनुभयो ।
  • बेनी–जोमसोम–कोरला सडकखण्ड, अन्नपूर्ण चक्रिय पदमार्ग तथा हवाई मार्गबाट मुस्ताङको भ्रमण गर्नेमा सबैभन्दा धेरै भारतीय ३८ हजार २९३ जनाले भ्रमण गरेका छन् ।
  • दोस्रोमा इजरायली एक हजार छ सय पाँच र फ्रान्सेली एक हजार पाँच सय ९९ जना रहेको संरक्षण सहायक गुरूङको भनाइ छ ।

 

१३ चैत,  मुस्ताङमा साउन यता ६५ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको तथ्याङ्कमा चालु आव २०८१/०८२ सालको साउनदेखि फागुन महिनासम्म ६५ हजार सात सय ३६ जना विभिन्न नाकाबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका वरिष्ठ संरक्षण शिक्षा सहायक शेरजंग गुरूङले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडकखण्ड, अन्नपूर्ण चक्रिय पदमार्ग तथा हवाई मार्गबाट मुस्ताङको भ्रमण गर्नेमा सबैभन्दा धेरै भारतीय ३८ हजार २९३ जनाले भ्रमण गरेका छन् । दोस्रोमा इजरायली एक हजार छ सय पाँच र फ्रान्सेली एक हजार पाँच सय ९९ जना रहेको संरक्षण सहायक गुरूङको भनाइ छ । विगतको वर्षको तुलनामा अमेरिकनहरूको सङ्ख्या घटेको छ भने इजरायलीको सङ्ख्या बढेको छ । गत आव २०८०/०८१ सालमा कुल एक लाख २१ हजार ३५२ जनाले भ्रमण गरेका थिए ।

अघिल्लो आवमा कुल एक सय १४ देशबाट मुस्ताङ भ्रमण गरेकोमा सबैभन्दा धेरै भारतीय ९६ हजार ५० जना, अमेरिकन एक हजार ४१३ जना र फ्रान्सबाट एक हजार ३२५ जना रहेको एक्याप मुस्ताङले जनाएको छ । हालसम्मको तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पर्यटकको आगमन सन्तोषजनक रहेको एक्याप मुस्ताङका निमित्त प्रमुख देउकुमार गुरूङले बताउनुभयो । पर्यटकको सिजन मानिने चैत, वैशाख र जेठ महिनामा विदेशी पर्यटकको आगमन बढी हुन्छ ।

मुस्ताङमा विं.स २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेपछि यता भारतीय धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वार्षिक भित्रिने विदेशी पर्यटकमा झण्डै एक लाखको हाराहारीम भारतीय भित्रिनु सुखद भएको मुस्ताङका पर्यटन व्यवसायीको भनाइ छ । भारतीयको मुख्य गन्तव्य मुक्तिनाथ मन्दिर हो भने तेस्रो मुलुकबाट आएकाहरू उपल्लो मुस्ताङसम्म पुग्ने गरेका छन् ।  सडक सञ्जालबाट प्रवेश गर्ने पर्यटकको तथ्याङ्क छिमेकी म्याग्दी जिल्लाको सिमानामा पर्ने घाँसादेखि नै राख्ने गरिन्छ ।

मुस्ताङमा धार्मिक तथा आर्कषक पर्यटकीयस्थलहरूमा मुक्तिनाथ मन्दिर, गुफाहरू, ताल, गुम्बापर्यटकको प्रमुख रोजाईमा पर्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमार्ग हुँदै भित्रिने स्वदेशी पर्यटकको सङ्ख्या पछिल्ला वर्ष ह्वात्तै बढेको छ । कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । सार्क मुलुककालाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ । उपल्लो मुस्ताङमा डलरमा शुल्क तिर्नुपर्ने झन्झट र महँगोले पर्यटकहरु तल्लो क्षेत्रबाटै फर्किनेको सङ्ख्या धेरै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद
वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी