६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

सारांश

  • एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको तथ्याङ्कमा चालु आव २०८१/०८२ सालको साउनदेखि फागुन महिनासम्म ६५ हजार सात सय ३६ जना विभिन्न नाकाबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका वरिष्ठ संरक्षण शिक्षा सहायक शेरजंग गुरूङले जानकारी दिनुभयो ।
  • बेनी–जोमसोम–कोरला सडकखण्ड, अन्नपूर्ण चक्रिय पदमार्ग तथा हवाई मार्गबाट मुस्ताङको भ्रमण गर्नेमा सबैभन्दा धेरै भारतीय ३८ हजार २९३ जनाले भ्रमण गरेका छन् ।
  • दोस्रोमा इजरायली एक हजार छ सय पाँच र फ्रान्सेली एक हजार पाँच सय ९९ जना रहेको संरक्षण सहायक गुरूङको भनाइ छ ।

 

१३ चैत,  मुस्ताङमा साउन यता ६५ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको तथ्याङ्कमा चालु आव २०८१/०८२ सालको साउनदेखि फागुन महिनासम्म ६५ हजार सात सय ३६ जना विभिन्न नाकाबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका वरिष्ठ संरक्षण शिक्षा सहायक शेरजंग गुरूङले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडकखण्ड, अन्नपूर्ण चक्रिय पदमार्ग तथा हवाई मार्गबाट मुस्ताङको भ्रमण गर्नेमा सबैभन्दा धेरै भारतीय ३८ हजार २९३ जनाले भ्रमण गरेका छन् । दोस्रोमा इजरायली एक हजार छ सय पाँच र फ्रान्सेली एक हजार पाँच सय ९९ जना रहेको संरक्षण सहायक गुरूङको भनाइ छ । विगतको वर्षको तुलनामा अमेरिकनहरूको सङ्ख्या घटेको छ भने इजरायलीको सङ्ख्या बढेको छ । गत आव २०८०/०८१ सालमा कुल एक लाख २१ हजार ३५२ जनाले भ्रमण गरेका थिए ।

अघिल्लो आवमा कुल एक सय १४ देशबाट मुस्ताङ भ्रमण गरेकोमा सबैभन्दा धेरै भारतीय ९६ हजार ५० जना, अमेरिकन एक हजार ४१३ जना र फ्रान्सबाट एक हजार ३२५ जना रहेको एक्याप मुस्ताङले जनाएको छ । हालसम्मको तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पर्यटकको आगमन सन्तोषजनक रहेको एक्याप मुस्ताङका निमित्त प्रमुख देउकुमार गुरूङले बताउनुभयो । पर्यटकको सिजन मानिने चैत, वैशाख र जेठ महिनामा विदेशी पर्यटकको आगमन बढी हुन्छ ।

मुस्ताङमा विं.स २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेपछि यता भारतीय धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वार्षिक भित्रिने विदेशी पर्यटकमा झण्डै एक लाखको हाराहारीम भारतीय भित्रिनु सुखद भएको मुस्ताङका पर्यटन व्यवसायीको भनाइ छ । भारतीयको मुख्य गन्तव्य मुक्तिनाथ मन्दिर हो भने तेस्रो मुलुकबाट आएकाहरू उपल्लो मुस्ताङसम्म पुग्ने गरेका छन् ।  सडक सञ्जालबाट प्रवेश गर्ने पर्यटकको तथ्याङ्क छिमेकी म्याग्दी जिल्लाको सिमानामा पर्ने घाँसादेखि नै राख्ने गरिन्छ ।

मुस्ताङमा धार्मिक तथा आर्कषक पर्यटकीयस्थलहरूमा मुक्तिनाथ मन्दिर, गुफाहरू, ताल, गुम्बापर्यटकको प्रमुख रोजाईमा पर्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमार्ग हुँदै भित्रिने स्वदेशी पर्यटकको सङ्ख्या पछिल्ला वर्ष ह्वात्तै बढेको छ । कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । सार्क मुलुककालाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ । उपल्लो मुस्ताङमा डलरमा शुल्क तिर्नुपर्ने झन्झट र महँगोले पर्यटकहरु तल्लो क्षेत्रबाटै फर्किनेको सङ्ख्या धेरै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का