पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

सारांश

  •   पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
  • प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
  • पाठकले आफ्नो च्यानलमा प्रसारण गरेका हिल्टन होटेलसम्बन्धी समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाउन लागिएको हो।

२८ जेठ, काठमाडौं । 

पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

पाठकले आफ्नो च्यानलमा प्रसारण गरेका हिल्टन होटेलसम्बन्धी समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाउन लागिएको हो। होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानीको विषयलाई लिएर पाठकले समाचार प्रसारण गरेका थिए। सोही विषयमा प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?