Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक  बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
  • सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो ।
  • महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित दैनिक कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल हुनेछ ।

१० चैत, काठमाडौँ ।

संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो । महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित दैनिक कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल हुनेछ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ती विधेयकहरूमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१,  निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयक, २०८१ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
भारतीय गाडीमा झण्डै २ करोड नक्कली नोट
भारतीय गाडीमा झण्डै २ करोड नक्कली नोट
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
आज यी जिल्लाका नदी-खोलामा ठुलो बाढी आउने सम्भावना
आज यी जिल्लाका नदी-खोलामा ठुलो बाढी आउने सम्भावना
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना