राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक  बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
  • सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो ।
  • महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित दैनिक कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल हुनेछ ।

१० चैत, काठमाडौँ ।

संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो । महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित दैनिक कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल हुनेछ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ती विधेयकहरूमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१,  निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयक, २०८१ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
पत्रकार महासंघ चुनाव : चौतारी र युनियनबीच गठबन्धन
पत्रकार महासंघ चुनाव : चौतारी र युनियनबीच गठबन्धन
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
जलेश्वर कारागारमा एक कैदीको मृत्यु
जलेश्वर कारागारमा एक कैदीको मृत्यु
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार