रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ ।
  • मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
  • बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ भएको थियो ।

८ जेठ, कठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ । मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ भएको थियो । आज बिहीबार भने वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका हुन् । लामिछानेतर्फका वकिलको बहस सकिएपछि अहिले पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट बहस सुरु भएको छ । उनको तर्फबाट वरिष्ठ अधिवक्ता शुम्भु थापाले बहस सकाएका छन् । अब अर्का वकिलले बहस गर्ने तयारी गरेका छन् । उनीहरुको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।

दुबै तर्फका वकिलहरुको बसह सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि सम्भवत: आजै आदेश आउनसक्ने सम्भावना छ । लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् । बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा सदस्यहरूसहित एमाले संसदीय दलको बैठक जारी
राष्ट्रिय सभा सदस्यहरूसहित एमाले संसदीय दलको बैठक जारी
रास्वपाले बोलायो सचिवालय र संसदीय दलको बैठक
रास्वपाले बोलायो सचिवालय र संसदीय दलको बैठक
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
झापामा जंगली हात्ती मृ*त फेला
झापामा जंगली हात्ती मृ*त फेला
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस
५ सय ३७ किलो गाँजासहित सुनसरीबाट एक जना पक्राउ
५ सय ३७ किलो गाँजासहित सुनसरीबाट एक जना पक्राउ
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१