दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

सारांश

  • जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।
  • ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ ।
  • यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।

 

२४ पुस,  दार्चुला । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ ।

यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन् । उनले भने, “थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन् ।” जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?