Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सदनमा हाम्रो विरोध जारी रहन्छ : रास्वपा प्रमुख सचेतक परियार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
५७ पटक हेरिएको
Shares
सदनमा हाम्रो विरोध जारी रहन्छ : रास्वपा प्रमुख सचेतक परियार

सारांश

  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने जनाएको छ ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका हुन् ।
  • ‘रास्वपाले उठाएको यो मुद्दालाई टुंगोमा पुर्‍याउन पहलकदमी आवश्यक छ’ उनी भन्छन्, ‘हाम्रा माग सुनुवाइ नभएसम्म हाम्रो अवरोध जारी रहन्छ ।

१ असार, काठमाडौं ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका हुन् ।

‘रास्वपाले उठाएको यो मुद्दालाई टुंगोमा पुर्‍याउन पहलकदमी आवश्यक छ’ उनी भन्छन्, ‘हाम्रा माग सुनुवाइ नभएसम्म हाम्रो अवरोध जारी रहन्छ ।’ माओवादी केन्द्रले भने एमालेसँग दुई बुँदे सहमति गरेर अवरोध खुलाउन राजी भएको थियो । सभामुख देवराज घिमिरेले रास्वपालाई पनि राजी गराउन छलफल गरेका छन् । रास्वपासँगको छलफलले संसद बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन   
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन