सदनमा हाम्रो विरोध जारी रहन्छ : रास्वपा प्रमुख सचेतक परियार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
५० पटक हेरिएको
Shares
सदनमा हाम्रो विरोध जारी रहन्छ : रास्वपा प्रमुख सचेतक परियार

सारांश

  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने जनाएको छ ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका हुन् ।
  • ‘रास्वपाले उठाएको यो मुद्दालाई टुंगोमा पुर्‍याउन पहलकदमी आवश्यक छ’ उनी भन्छन्, ‘हाम्रा माग सुनुवाइ नभएसम्म हाम्रो अवरोध जारी रहन्छ ।

१ असार, काठमाडौं ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका हुन् ।

‘रास्वपाले उठाएको यो मुद्दालाई टुंगोमा पुर्‍याउन पहलकदमी आवश्यक छ’ उनी भन्छन्, ‘हाम्रा माग सुनुवाइ नभएसम्म हाम्रो अवरोध जारी रहन्छ ।’ माओवादी केन्द्रले भने एमालेसँग दुई बुँदे सहमति गरेर अवरोध खुलाउन राजी भएको थियो । सभामुख देवराज घिमिरेले रास्वपालाई पनि राजी गराउन छलफल गरेका छन् । रास्वपासँगको छलफलले संसद बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी
कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
ओलीले गुण्डुमै बोलाए सचिवालय बैठक
ओलीले गुण्डुमै बोलाए सचिवालय बैठक
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद
अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादी दुबईबाट पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादी दुबईबाट पक्राउ
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता