समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ११, २०८१
|
|
३२ पटक हेरिएको
Shares
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुई देशबीचको समझदारीबाटै बुझ्ने पहल भइरहेको बताएका छन् ।
  • मंगलबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले ईपीजी प्रतिवेदनको विषयमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।
  • जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणमा जाँदा यो विषयलाई गम्भीर रुपमा उठाएको बताए ।

११ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुई देशबीचको समझदारीबाटै बुझ्ने पहल भइरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले ईपीजी प्रतिवेदनको विषयमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणमा जाँदा यो विषयलाई गम्भीर रुपमा उठाएको बताए । ‘ईपीजी प्रतिवेदनबारे भारत भ्रमणमा जाँदा गम्भीर रुपले उठाएको कुरा सम्मानित सदनलाई राखेको छु । हाम्रो कोशिस सरकारको अझै पनि समझदारीबाट यो प्रतिवेदन बुझ्नेतिर नै पहल भइरहेको जानकारी गराउँछु’, प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल भारत सम्बन्धका विभिन्न विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न दुई देशको समझदारीमा प्रवुद्ध व्यक्ति समूह (ईपीजी) गठन भएको थियो । ईपीजीले प्रतिवेदन तयार पारेको ५ वर्ष पूरा भइसकेको छ, तर सार्वजनिक भएको छैन । पहिले भारतका प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने समझदारी भएकामा भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण ईपीजीले प्रतिवेदन बुझाएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?
प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापासहित ५ जना नियन्त्रणमा : प्रहरी
बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापासहित ५ जना नियन्त्रणमा : प्रहरी
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
सेयर बजारमा १० अंकको गिरावट, ९ अर्ब १२ करोडको कारोबार
सेयर बजारमा १० अंकको गिरावट, ९ अर्ब १२ करोडको कारोबार
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण