हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह गरेका छन् ।
- संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई मनोबल दह्रो बनाउन आग्रह गरेका हुन् ।
- ‘संविधान दिवसको अवसरमा म साथीहरूलाई आग्रह गर्न चाहन्छु– मनोबल दह्रो बनाउनुस्,’ अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरेभन्दैमा भाग्ने होइन ।
३ असोज, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई मनोबल दह्रो बनाउन आग्रह गरेका हुन् । ‘संविधान दिवसको अवसरमा म साथीहरूलाई आग्रह गर्न चाहन्छु– मनोबल दह्रो बनाउनुस्,’ अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरेभन्दैमा भाग्ने होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिक्रियावादीहरूसँग एमाले पञ्जा लडाउन तयार रहेको पनि बताए । ‘हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं,’ उनले भने, ‘फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्ने छौं ।’
प्रतिगमनले एकछिन जिने पनि सत्यले सधैंका लागि जित्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिले पार्टीविरूद्ध हमला भइरहेको पनि बताए । ओलीले आसन्न केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताको सुत्रमा बाँध्ने पनि बताए ।
प्रतिक्रिया