चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३० पटक हेरिएको
Shares
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन

सारांश

  • सर्लाहीको कविलासी नगरपालिका–६ स्थित रहेको श्री मदनपुर जमुनिया विरनगरा माध्यमिक विद्यालयमा युएनडिपी अन्तर्गत चाईना एडको सहयोगमा बनाईएको प्रविधिमैत्री (डिजिटल) कक्षा कोठाको उद्घाटन गरिएको छ ।
  • नेपालका लागि चिनका राजदुत चेन साङ बुधवार एक समारोहका बीच प्रविधिमैत्री कक्षा कोठाको उद्घाटन गर्नुभएको हो ।
  • विद्यालय प्राङ्गणमा राजदुत साङले वृक्षारोपन समेत गर्नुभएको थियो ।

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–६ स्थित रहेको श्री मदनपुर जमुनिया विरनगरा माध्यमिक विद्यालयमा युएनडिपी अन्तर्गत चाईना एडको सहयोगमा बनाईएको प्रविधिमैत्री (डिजिटल) कक्षा कोठाको उद्घाटन गरिएको छ ।

नेपालका लागि चिनका राजदुत चेन साङ बुधवार एक समारोहका बीच प्रविधिमैत्री कक्षा कोठाको उद्घाटन गर्नुभएको हो ।

विद्यालय प्राङ्गणमा राजदुत साङले वृक्षारोपन समेत गर्नुभएको थियो ।  राजदुत साङ विद्यालयमा पुग्दा भव्य स्वागत गरिएको छ ।

राजदुत साङ विद्यालयमा पुग्दा प्रदेश सांसद जंगीलाल राय, सकुन्तला देवी राम, नगरप्रमुख ब्रह्मदेव राय यादव, उपप्रमुख पुनम कर्ण, सर्लाही क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णदेव यादव विद्यार्थी, शिक्षक र स्थानिय वासीले भव्य स्वागत गरेको थियो । राजदुत साङको स्वागतमा विद्यार्थीहरुले स्वागत नृत्य पनि प्रस्तुत गरेको थियो ।

चाईना एडको सहयोगमा विद्यालयका तीन सय ९८ जना विद्यार्थीलाई स्कूल बैग र शैक्षिक सामाग्री वितरण गरिएको थियो । त्यस्तै दुई ७५ जना विद्यार्थीका अभिभावकलाई कम्बल, टर्चलाईट, बेड सिट, झुल, लाईट लगायतका सामाग्री वितरण गरिएको छ भने विद्यालयका शिक्षकहरुलाई समेत बैग, डायरी, पेन, ज्याकेट लगायतका सामाग्री वितरण गरिएको छ ।

चाईना एडले विद्यालयमा ४२ लाख ७० हजार ७३५ रुपैया बराबरको सामाग्री सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कामदेव रायले जानकारी दिनुभयो । कार्यक्रममा युएनडिपी नेपालका आवासिय प्रतिनिधि क्योको योकोसुका पनि सहभागी हुनुभएको थियो ।

भारतीय सिमा नजिक चिनियाँ राजदुत आउँदा सर्लाही जिल्लामा चर्चाको विषय बनेको छ । विद्यालयको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत सहभागी भईरहँदा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु आफै कार्यक्रम स्थल पुगी सुरक्षा व्यवस्था कडा पार्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
बाजुरामा भिरबाट लडेर एक जनाको मृ*त्यु
बाजुरामा भिरबाट लडेर एक जनाको मृ*त्यु
दुई समिति सभापतिले लिए शपथ
दुई समिति सभापतिले लिए शपथ
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ