Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
४६ पटक हेरिएको
Shares
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति

सारांश

  • धेरै वर्षापछि आएको बाढी, पहिरोका कारण हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको छ ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार ६ जनाको मृत्यु भएको छ ।
  • बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको हो ।

 

१३ असोज ,काठमाडौँ । धेरै वर्षापछि आएको बाढी, पहिरोका कारण हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार ६ जनाको मृत्यु भएको छ । बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको हो । मन्त्रालयले ती दुई जना विद्यार्थीको मृत्युको विवरण भने अध्यावधिक गरेको छैन ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ६ जनाको विद्यार्थीको मृत्यु भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको जनाए । उक्त विद्यालयको कक्षा ८ देखि ९ कक्षामा अध्ययनरत विद्यार्थीहरूको मृत्यु भएको बताए । बाढी, पहिरो तथा डुबानका कारण देशभरका १२ जिल्लाका ५६ वटा विद्यालयमा प्रभावित बनेका छन् । तीमध्ये ५३ विद्यालयमा क्षति पुगेको छ भने ३ विद्यालयमा विपद् प्रभावितका लागि प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ ।

रसुवाका तीन विद्यालय, सिन्धुलीका २ विद्यालय, तेह्रथुमको १ विद्यालय, मकवानपुरको ३ विद्यालय, हुम्लाको १ विद्यालय, जाजरकोटको १ विद्यालय, पाचँथरको  १ विद्यालय, मोरङको १ विद्यालय, तथा सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ विद्यालयमा क्षति पुगेको प्रभावित भएको मन्त्रालयले जनाएको छ । मधेस प्रदेशका ४२ वटा विद्यालयमा क्षति पुगेको र त्यसबाट १० हजार ९०० विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रवक्ता भट्टराईले बताए ।

सिन्धुलीबाट ५० जना शिक्षक तथा विद्यार्थीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । सिन्धुलीको कुशेश्वर दुम्जा गाउँपालिकामा रहेको महादेव गुरुकुल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । त्यस्तै सिन्धुलीकै सुनकोशी गाउँपालिकास्थित पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिएको र १७ जना फरक क्षमता भएका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व संकलन
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व संकलन
नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन : सचिव सिग्देल
नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन : सचिव सिग्देल
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा  समस्या देखिएपछि काठमाडौँ फर्कियो
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो
आज साउन महिनाको तेस्रो सोमबार
आज साउन महिनाको तेस्रो सोमबार
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस