नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस

सारांश

  • गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।
  • बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.
  • मनोजकुमार केसी छन् ।

४ चैत, काठमाडौं ।

गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् । खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन् । उनीहरु हालका आईजीपी दिपक थापाकै ब्याचमेट हुन् ।

बढुवा सूचीको चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् । ३० वर्षे सेवा अवधिका कारण ४ चैत २०८१ मा तत्कालीन महानिरीक्षक वसन्त कुँवरसँगै उनका ब्याचका एआईजीहरु अवकाशमा गएपछि ६  पद रिक्त भएको थियो । तर, राजनीतिक रस्साकस्सीका कारण एक महिनासम्म बढुवा हुन सकेको थिएन । एआईजी बढुवा नहुँदा प्रहरीका ६ महत्वपूर्ण विभागहरु खाली थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको शपथ के हुन्छ ?
रवि लामिछानेको शपथ के हुन्छ ?
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
बैंकिङ प्रणालीमा अधिक तरलता, फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता, फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन