रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
सारांश
- राैतहटकाे गाैरबाट काठमाडाैं जाँदै गरेकाे जिप मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसराेबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
- इन्द्रसरोवर गाउँपालिका-२ बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खाेल्सामा खसेकाे हाे ।
- दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

२० चैत, हेटाैंडा ।
राैतहटकाे गाैरबाट काठमाडाैं जाँदै गरेकाे जिप मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसराेबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका-२ बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खाेल्सामा खसेकाे हाे ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया